खेल

ग्लोबल टि–२० लिगः सन्दीपआवद्ध टोरोन्टोको शानदार जीत

ग्लोबल टि–२० लिगः सन्दीपआवद्ध टोरोन्टोको शानदार जीत

काठमाडौं । ग्लोबल क्यानडा टि–२० लिगको पाँचौ खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध टोरोन्टो नेशनल विजयी भएको छ । सोमबार बिहान मोन्ट्रेयल टाइगर्सलाई ४ विकेटले हराउँदै सन्दीपआवद्ध टोरोन्टो विजयी भएको हो । टाइसर्गसले दिएको १३७ रनको लक्ष्य टोरोन्टोले १७.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

 

उसका लागि चिराग सुरीले ५२, क्रिस ग्रिनले नटआउट ३०, हेनरिक क्लासेनले २०, रविन्दरपाल सिंहले १५ रन बनाए । बलिङमा टाइगर्सका फहद अहमद, अल्सदाइर इभनले २–२, थिसरा पेरेरा र स्कट कुज्जेलेजीनले एक–एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको टाइगर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनायो । उसका लागि काइली कोटजरले सर्बाधिक २६ रन बनाए ।

 

बलिङमा टोरोन्टोका क्रिस ग्रीन, सलमान नजरले २–२, सन्दीप लामिछाने, जेम्रि गोर्दान र मिचेल म्याग्लेनेघनले एक–एक विकेट लिए । यो जीतसँगै टोरोन्टो ५ खेलमा ३ मा हार र २ खेलमा जीतकासाथ तालिकामा ४ अंक बटुल्दै चौथौ स्थानमा छ ।

सन्दीप लामिछाने टोरोन्टो नेशनल भर्सेस मोन्ट्रेयल टाइगर्स

विशेष