खेल

एक खेल अघिनै वेस्ट इन्डिज विरुद्धको सिरिज भारतले जित्यो

एक खेल अघिनै वेस्ट इन्डिज विरुद्धको सिरिज भारतले जित्यो

काठमाडौं । वेस्ट इन्डिज विरुद्धको टि–२० सिरिज एक खेल अघिनै भारतले २–० ले जितेको छ । सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिजलाई डिएल मेथडमा २२ रनले हराउँदै भारतले एक खेल अघि नै श्रृंखला जितेको हो ।

भारतले दिएको १६८ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले १५.३ ओभरमा वर्षा परेपछि खेल रोकिएको थियो । ‘डिएल मेथड’ मा जाँदा वेस्ट इन्डिजले १५ ओभरमा १२१ रन बनाउनु पथ्र्यो । तर उसले ९८ रन मात्र बनाएको थियो ।

वेस्ट इन्डिजका लागि रोभमन पावेलले ५४, निकोलश पूरनले १९, किरण पोलार्ड ८ र शिमरोन हिटमायरले ६ रनमा नट आउट रहे । बलिङमा कुणाल पाण्ड्याले २, भुवनेश्वर कुमार र वासिङटन सुन्दरले एक–एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रन बनायो । उसका लागि रोहित शर्माले अर्धशतक बनाए । उनले ३ छक्का र ६ चौकाको मद्दतमा ५१ बलमा ६७, कप्तान विराट कोहलीले २८, शिखर धवनले २३, मनीष पाण्डले ६, ऋषभ पन्तले ४, कुणाल पाण्ड्याले नटआउट १२ बलमा २० रन बनाए ।

बलिङमा वेस्ट इन्डिजका सेल्ड्रेन कोट्रेल, ओसेन थमसले २–२ र किमो पउलले एक विकेट लिए ।

टि–२० सिरिज वेस्ट इन्डिज भर्सेस

विशेष