मनोरञ्जन

बलिउड अभिनेता गोविन्दालाई मानसिक समस्या

बलिउड अभिनेता गोविन्दालाई मानसिक समस्या

एजेन्सीः बलिउड अभिनेता गोविन्दाले केही दिन पहिले एक अन्तर्वार्तामा आफूलाई हलिउड फिल्मबाट अफर आएको तर अस्वीकार गरेको बताएका थिए। साथै सञ्जयलीला भन्सालीको फिल्म देवदासको चुन्नीलीलाको भूमिकामा पनि उनलाई अफर आएको उनको दाबी थियो। गोविन्दाको यो भनाइ बाहिर आएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको खुब मजाक उडाए।

मजाक बढी नै उडाएपछि गोविन्दाको नजिकको मित्रले डेक्कन क्रोनिकललाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘गोविन्दा लामो समयदेखि अचम्म किसिमको व्यवहार गरिरहेका छन्। ठूलो अफरलाई अस्वीकार गरेको दाबी गर्नु गोविन्दाको आदत भएको छ। यो नकारात्मकताले गर्दा उनी बक्स अफिसमा पनि केके बोलिरहन्छन्।’

गोविन्दाका निकट साथीहरूका अनुसार उनी मनोवैज्ञानिक समसयबा गुज्रिरहेका छन्। उनलाई सहयोगको आवश्यकता रहेको पनि बताइएको छ।

मानसिक समस्या अभिनेता गोविन्दा

विशेष