समाज

डा. झाको खण्डन

डा. झाको खण्डन

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणको केन्द्रमा रहेर नेपाल आजले प्रकाशित गरेको ‘नेपालबारे भ्रामक रिपोर्टिङले सीको भ्रमण अनिश्चित’ शीर्षकको समाचारमा उल्लेख भएका विषयहरुप्रति समाचारमा उल्लेख भएका व्यक्ति डा. राजीवकुमार झाले आपत्ति जनाएका छन् ।

साउन १९ मा नेपालआजलाई खण्डन प्रकाशित गरिदिन आग्रह गर्दै लेखिएको पत्रमा झाले आफू पूर्वनेपाली नरहेको भन्दै धनुषाबाट लिएको आफ्नो नागरिकता नम्बर ‘२४८३१३७९’ रहेको उल्लेख गरेका छन् । उनले समाचारमा उल्लेख भएका विषयहरुप्रति आपत्ति जनाएका छन ।

उनले आफ्नो पत्रमा लेखेका छन्, ‘म नेपाली हुँ र सदाका लागि नेपाली नै रहने छु ।’ डा. झाले आफू प्राज्ञिक व्यक्ति रहेको र आफ्नो कुनै व्यावसायिक र राजनीतिक स्वार्थ नरहेको उनले स्पष्ट पारेका छन् । डा. झाले खण्डन सम्प्रेषण अघि सामाजिक सञ्जाल फेसबुकमा नेपालआज बन्द गराउन आग्रह गर्दै स्टाटस पोस्ट् गरेका थिए ।

यो स्टाटस अहिले हटाइएको छ ।

विशेष