मुख्य समाचार

फोरजी भ्रष्टाचार काण्डको विपक्षमा बोल्ने कर्मचारीलाई नियम फेरेर हटाउने तयारी

फोरजी भ्रष्टाचार काण्डको विपक्षमा बोल्ने कर्मचारीलाई नियम फेरेर हटाउने तयारी

काठमाडौं । नेपाल टेलिकमभित्रको  फोरजी काण्ड र अप्टिकल फाइबर काण्डमा भएको भ्रष्टाचारको विरोध गर्ने कर्मचारीहरुलाई पदबाट हटाउन व्यवस्थापनले ३० वर्षे सेवाअवधि लागू गर्ने तयारी गरेको छ । 

३० वर्षे सेवाअवधि लागू गर्न सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई पत्र पठाइसकेका छन् । कर्मचारीहरुले विरोध गर्ने सम्भावनालाई मध्येनजर गर्दै अधिकारीले सो पत्र झिक्ने आँट गर्न सकेका छैनन । 

टेलिकममा ३० वर्षे सेवा अवधि लागू गर्ने हो भने तत्कालै ४ सय जनाले अवकाश पाउनेछन् । बाँकी धेरैले पनि आगामी दुई चार वर्षमा घर फर्किनु पर्ने अवस्था आउन सक्छ । 

कनिष्ठ अधिकृतलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको भन्दै पहिलेदेखि नै अधिकारीका सम्बन्धमा टेलिकमभित्र असन्तुष्टि बढेको थियो । त्यो बेला अधिकारीले फोरजी सेवा सञ्चालन गर्ने र बाँकी अधुरा कामहरु समयमै सम्पन्न गर्ने वाचा गरेर आएका थिए । तर यतिबेला न उनले भनेजस्तो काम गरे, न अरु आशालाग्दा कामको सुरुवात नै हुन सक्यो । 

यहि बेला टेलिकमभित्रको बेथितिविरुद्ध बोल्नेहरुलाई जागिरबाट अवकाश दिने नीति ल्याएर व्यवस्थापनको कमजोरी ढाकछोप गर्ने प्रयास भएको बुझिएको छ । 
एकै पटक चार सय कर्मचारीले टेलिकम छाड्ने हो भने सेवा प्रवाहमै समस्या आउन सक्ने अनुमान पनि गरिएको छ । किनभने ती ४०० कर्मचारी अनुभवी  छन् । 

यो प्रकरणका सम्बन्धमा बुझ्न प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई सम्पर्क गर्दा उनको फोट उठेन । 

नेपाल टेलिकम गोकुल बास्कोटा डिल्लीराम अधिकारी

विशेष