खेल

वेस्ट इन्डिज विरुद्धको सिरिज भारतद्वारा ‘क्लिन स्विप’

वेस्ट इन्डिज विरुद्धको सिरिज भारतद्वारा ‘क्लिन स्विप’

काठमाडौं । वेस्ट इन्डिज विरुद्धको टि–२० सिरिज भारतले ‘क्लिन स्विप’ गरेको छ । सिरिजको अन्तिम खेलमा मंगलबार वेस्ट इन्डिजलाई ७ विकेटले हराउँदै भारतले ‘क्लिन स्विप’ गरेको हो । अन्तिम खेलमा वेस्ट इन्डिजले दिएको १४७ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको भारतले १९.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । 

 

उसका लागि ऋषभ पन्तले ४ छक्का र ४ चौकाको मद्दतमा ४२ बलमा ६५ रनको विष्फोटक प्रदर्शन गरे । यस्तै कप्तान विराट कोहलीले ५९, केएल राहुलले २०, शिखर धवनले ३ र मनीष पाण्डेले नटआउट २ रन बनाए । बलिङमा ओसेन थोमसले २ र फाबियन आलेनले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४६ रन बनाए ।

 

उसका लागि किरण पोलार्डले ५८, रोभमन पावेलले नटआउट ३२, किनोलश पूरनले १७, कार्लोस ब्रार्थवेट र इभन लुईसले १०–१० रन बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा भारतका दीपक चाहरले ४ ओभरमा मेडनसहित ४ रन दिएर ३ विकेट लिए । यस्तै नवदीप सैनिले २ र राहुल चाहरले एक विकेट लिए । 
 

टि–२० सिरिज क्लिन स्विप

विशेष