खेल

ऋषभ पन्तले तोडे धोनीको कीर्तिमान

ऋषभ पन्तले तोडे धोनीको कीर्तिमान

काठमाडौं । भारतीय क्रिकेट टिमका विकेटकीपर–ब्याट्सम्यान ऋषभ पन्तले एक नयाँ उपलब्धि हासिल गरेका छन् । उनले विकेटकीपरको तर्फबाट टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्बाधिक रन बनाउने उपलब्धि हासिल गरेका हुन् । ऋषभले मंगलबार राति ४ छक्का र ४ चौकाको मद्दतमा ४२ बलमा ६५ रनको विष्फोटक प्रदर्शन गरेका थिए । यो रन भारतको तर्फबाट टि–२० क्रिकेटमा विकेटकीपरले बनाएको उच्च स्कोर हो ।

 

यो पनिः वेस्ट इन्डिज विरुद्धको सिरिज भारतद्वारा ‘क्लिन स्विप’

यसअघि अर्का विकेटकीपर–ब्याट्सम्यान महेन्द्रसिंह धोनीले भारतको तर्फबाट सर्बाधिक ५६ रन बनाएका थिए । उनले २०१७ मा बैंग्लोरमा इंग्ल्याण्डविरुद्ध ५६ रन बनाएका थिए । वेस्ट इन्डिज विरुद्धको सिरिजको पहिलो र दोस्रो खेलमा सस्तैमा आउट भएका पन्तले अन्तिम खेलमा भने उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जिताए । 

महेन्द्रसिंह धोनी भारतीय क्रिकेट टिम ऋषभ पन्त

विशेष