माइतीघर मण्डलामा शंकास्पद वस्तु फेला

काठमाडौं । माइती घरस्थित सेन्ट जेभियर्स कलेज नजिकै बुधबार विहान शंकास्पद वस्तु फेला परेको छ । सकेट बम जस्तो देखिने उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निक्रिय बनाएको प्रहरी प्रभाव सिंहदरबारका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले बताए ।
उनले सो शंकास्पद बस्तु निश्क्रिय गर्ने क्रममा ठूलो आवज आएको भए पनि उक्त वस्तु बम नै थियो वा अन्य केही थियो भन्ने कुरा विधिविज्ञान प्रयोगशालाबाट जाँच भए पछि मात्र थाहा हुने बताए ।
निश्क्रिय बनाउने क्रममा ठूलो आवज आएकै आधारमा बम नै थियो भन्न नसकिने उनले बताए ।