ग्लाेबल टि–२० लिगः सन्दीपआवद्ध टोरन्टो २ रनले पराजित
काठमाडौं । क्यानडामा भइरहको ग्लोबल टि–२० लिग अन्तर्गत आज बिहान भएको खेलमा सन्दीप लामिछानेआवद्ध टोरन्टो नेसनल्स विनिपेग हक्ससँग २ र।नले पराजित हुँदै एलिमिनेटरबाट बाहिरिएको छ । खराब प्रकाशका कारण खेल १७.१ ओभरमा रोकिएपछि अर्को नेपाली क्रिकेटर सोमपाल कामीआवद्ध विनिपेगले डकवर्थ लुइस पद्दतिका आधारमा टोरन्टोलाई २ रनले पराजित गर्न सफल भयो ।
टस हारेर ब्याटिङको मौका पाएको टेरन्टोले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २३९ रन बनाएको थियो । उसका लागि हेनरिक क्लासेनले शतक बनाए । उनले ४९ बलमा ११ चौका र ५ छक्काको मद्दतमा नट आउट १०६ रन बनाए । यस्तै रोड्रीगो थोमसले ७३, रिचाग सुरीले १६ र किरण पोलाडएले १२ रन बनाए ।
२४० रनको विशाल लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको विनिपेगले १७.१ ओभरमा ५ विकेट गुमाउँदै २०१ रन जोड्दा खेल रोकियो । त्यस स्थितिमा हक्स २ रनले अगाडि रहेको थियो । विनिपेगलाई यो स्थितिमा ल्याउन जेपी डुमिनीले ५ छक्का र ८ चौकाको मद्दतमा ३८ बलमा नट आउट ८४ रन बनाए । यस्तै सन्नी शोहले ३६, रियाद इमरितले नटआउट ३३ र क्रिस लिनले २१ रन बनाए ।
बलिङमा टोरन्टाको लागि सन्दीपले आफ्नो ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । जीतसँगै हक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा भान्कुभर नाइट्सले ब्राम्प्टन वल्भ्सलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ । अब हक्स र ब्राम्प्टनबीच हुने खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ ।
ग्लोबल टि–२० लिग टोरन्टो नेसनल्स भर्सेस विनिपेग हक्स