मनोरञ्जन

प्रचण्डकी नातिनीको गीत ट्रेन्डिङमा (भिडियो)

प्रचण्डकी नातिनीको गीत ट्रेन्डिङमा (भिडियो)

काठमाडौं । गायिका स्मिता दाहालको ‘मायालु तिमी कता छौं’ बोलको नयाँ गीतले स्रोता–दर्शकमाझ लोकप्रिय बन्दै गएको छ । सार्वजनिक भएको छोटो समयमै स्मिताको यो गीतलाई लाखौं दर्शकले युट्युबमा हेरेका छन् । 

रिलिज भएको ३ दिनमै ‘मायालु तिमी कता छौं’लाई १३ लाख १६ हजार बढी पटक हेरिएको छ । शुक्रबार बिहानसम्म यो गीत युट्युब ट्रेन्डिङको ४ नम्बरमा रहेको छ ।

‘कार्टुन्ज क्रु’का प्रमुख कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको स्मिताको ‘मायालु तिमी कता छौं’ बोलको गीतको म्युजिक भिडियो गत मंगलबार सार्वजनिक गरिएको थियो ।

गीतमा स्मितासँगै राजनराज शिवाकोटीको स्वर छ। दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराजकै संगीत छ भने उदयराज पौडेलको संगीत संयोजन र श्याम सोहित रसाईलीले गीत मिक्सिङ गरेका हुन्। भिडियो सरोज ओलीले निर्देशन गरेका हुन् ।

राजु पेन्टरद्वारा निर्मित सेटमा छायाँकन गरिएको भिडियो संजय लामाले खिचेका हुन्। विक्रम स्वारको कोरियोग्राफी, राज कुमार उप्रेतीको स्टन्ट, सन्देश शाहको सम्पादन रहेको भिडियोको कलर संयोजन रेनीश फागोले गरेका हुन्।

 ">

स्मिता दाहाल गीत

विशेष