मुख्य समाचार

नेकपाका नेताको गाडीमा आगजनी

नेकपाका नेताको गाडीमा आगजनी

धनगढी । कैलालीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थानीय  नेताको घरमा राखिएको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । जिल्लाको घोडाघोडी नगरपालिका–१ सुन्दरपुरमा नेकपाका स्थानीय नेता गौरी प्रसाद जोशीले आफ्नै घरमा पार्किङ गरी राखेएको बा ९ च ६५९७ नम्बरको स्कारपियो गाडीमा गए राति करिब १२ बजेतिर अज्ञात समूहद्वारा आगजनी गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

आगजनीबाट गाडीको अगाडिको भाग जलेर क्षति भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिश शरण भट्टले जानकारी दिए । ‘राति करिब १२ बजे पछि आगो लगाइएको अनुसन्धानबाट खुलेको छ’ उनले भने, ‘छिमेकीले थाहा पाएपछि घरका अन्य सदस्यले आगो नियन्त्रणमा लिए ।’ जोशी तत्कालीन माओवादीका केन्द्रीय सदस्य थिए । पार्टी एकिरण पनि उनी जिम्मेवारी विहीन रहेको प्रहरीले जनाएको छ ।

अज्ञात समूहले आगजनी गरेको गाडी पनि तत्कालीन माओवादीकै नाममा रहेको प्रहरी निरिक्षक भट्टले बताए । गाडीमा आगजनी हुँदा नेता जोशी घरमा नरहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले पनि घटनामा संलग्नहरूको खोजी भइरहेको जनाएको छ ।  

कैलाली आगजनी स्कारपियो गाडी

विशेष