खेल

यूएईविरुद्ध नेपालको खराब प्रदर्शन, दुवै ओपनर शून्य रनमै आउट

यूएईविरुद्ध नेपालको खराब प्रदर्शन, दुवै ओपनर शून्य रनमै आउट

काठमाडौंः  श्रीलंकामा भइरहेको एसीसी यू–१९ एसिया कप क्रिकेटको आफ्नो अन्तिम खेलमा यूएईविरुद्ध नेपालले खराब प्रदर्शन गरेको छ ।

नेपालले आज पहिलो ओभरको पहिलो बलमै रित गौतमलाई शून्य रनमा गुमायो । उनी क्याच आउटको सिकार भए । यस्तै अर्को ओपनर पवन सराफ पनि शून्य रनमै आउट भए । उनी २.४ ओभरमा बोल्ड आउट भए । 

आफनो अन्तिम खेलमा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालले ७ ओभरमा २ विकेट गुमाएर ३२ रन बनाएको छ । समूह ‘बी’ मा रहेका नेपाल र यूएई दुबै अंकविहीन छन्।

यस अघि पहिलो खेलमा नेपाल श्रीलंकासँग पाँच विकेटले हार ब्यहोरेको थियो भने बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । आज नेपाली टिमको प्लेइङ ११ मा को–कोले पाए मौका?

नेपालको प्लेइङ ११ः रोहित कुमार पौडेल (कप्तान), भिम सार्की, कुशल मल्ल, सागर ढकाल, आशिफ शेख, कमलसिंह ऐरी, रित गौतम, पवन सरार्फ, राशीद खान, सन्दीप जोरा र सूर्य तामाङ

यू–१९ एसिया कप Remove term: नेपाल भर्सेस युएई नेपाल भर्सेस युएई

विशेष