मनोरञ्जन

यी हुन् मलाइकाका फिट्नेस मन्त्र

यी हुन् मलाइकाका फिट्नेस मन्त्र

बलिउड अभिनेत्री मलाइका अरोरा खानको फिटनेसबारे निकै चर्चा हुने गर्छ। एक छोराकी आमासमेत रहेकी ४५ वर्षीया अभिनेत्री मलाइकाले उमेर बढ्दै गए पनि आफूलाई मेन्टेन गरेकी छिन्।

बलिउडमा आइटम गर्लका रूपमा पनि चिनिने उनी फिट रहन दैनिक योग गर्छिन्। उनी सागसब्जी धेरै खन्छिन्  । ‘मेरा कुनै फिजिकल ट्रेनर छैनन्, म हरेक दिन १५–२० मिनेट व्यायाम गर्छु,’ उनी भन्छिन्, ‘बेली डान्स, एरोबिक्स, एक्सरसाइज नियमित गर्छु । नियमित आलु खान्छु र व्यायाम पनि गर्छु । यसले मेरो शरीरको तौल नियन्त्रित गरेको छ ।’

मलाइका दिनमा ७–८ घन्टासम्म सुत्छिन् । सन्तुलित भोजन, प्रशस्त पानी र कोकोनट वाटर नै आफूलाई फिट राख्ने मन्त्र मलाइका बताउँछिन् । उनले सुत्नुभन्दा २ घण्टा पहिला खाना खाने बताउँछिन्। उनका अनुसार यसो गर्दा पाचन प्रकिया ठीक मात्र गर्दैनन् यसले शरीरलाई फिट राख्न पनि मद्दत गर्छ।

मलाइका अरोडा

विशेष