भिडियो कभर स्टोरी

प्रधानमन्त्रीको उपचारमा ५ करोड सकियो होला देशचाहिँ ५ हजार टेन्ट मागेर बसेको छ : डा. केसी (भिडियोसहित) 

प्रधानमन्त्रीको उपचारमा ५ करोड सकियो होला देशचाहिँ ५ हजार टेन्ट मागेर बसेको छ : डा. केसी (भिडियोसहित) 

काठमाडौँ । प्रा.डा. सुरेन्द्र केसी । सटिक विश्लेषण र समसामयिक विषयमा खरो अनि खाँटी टिप्पणी गर्ने व्यक्तित्व । चिनिया विदेशमन्त्री स्वदेश फर्किएपछि यसबारे अनेकन टिकाटिप्पणी भएको सन्दर्भमा टेन्ट माग्नु मागन्ते प्रवृत्ति भएको उनको भनाइ छ ।

चीनसँगका सम्झौता कार्यान्वयनमा तदारुकता देखिँदैन किन त ? उनी भन्छन् –‘‘सरकारको नेतृत्व दोषी छ ।’’ चिनिया रेल, नुन, तेल आउने कुरा एकताका चर्चित देखिएको थियो । तर अहिले त्यो अवस्था नदेखिएकोप्रति उनी भन्छन् –“सरकार जागिरे भएको छ । आफ्ना मान्छेलाई जागिर खुवाउने बाहेकमा सरकारको ध्यान छैन । स्थानीय तहमा मन्त्री, सभामुख, उपसभामुख, सांसद अनि जननिर्वाचित पदाधिकारी भ्रष्टाचारमा लिप्त छन् । जतिसक्दो मुलुक लुट्न केन्द्रित छन् । ’’

चीनसँगको सम्बन्धबारे नेपालीको सोच नै माथि पुग्न नसकेको उनले बताए ।  अर्कोतर्फ एनसेलले कर तिरेको छैन । यसमा पनि डा. केसीको आफ्नै मत छ । डा. केसीसँगको विस्तृत कुराकानी 

विशेष