खेल

सावित्राको दुई गोल, नेपाल उपविजेतामा सीमित

सावित्राको दुई गोल, नेपाल उपविजेतामा सीमित

काठमाडौँ । किर्गिस्तानमा जारी नादेज्दा कप फुटबलमा नेपाली राष्ट्रिय महिला टोली उपविजेतामा सीमित भएको छ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाली महिला टोली उज्वेकिस्तानसँग ३–२ गोलले पराजित भयो ।

खेलको पहिलो हाफमा १–० ले पछि परेको नेपाल दोस्रो हाफमा लगातार दुई गोल गोल खाएपछि ३–० ले पछि परेको थियो । उज्वेकिस्तानले खेलको ३९ औँ मिनेटमा खाता खालेको थियो भने ५५ औँ र ६४ औँ मिनेटमा गोल गर्दै ३–० ले अग्रता लिएको थियो ।

३–० गोलले पछि परेको नेपाली महिला टोलीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै २ गोल फर्काएको थियो । नेपालका लागि दुवै गोल सावित्रा भण्डारीले गरिन् । उनले पहिलो गोल ६७ औं मिनेटमा सावित्राले गरेकी थिइन् । दोस्रो गोल पनि सावित्राले नै गरेकी हुन् ।

खेलको निर्धारित समयको अन्तिम मिनेटमा नेपालले पाएको पेनाल्टीको सदुपयोग गर्दै सावित्राले दोहोरो गोल गरेकी हुन् ।

हारसँगै नेपाल पुनः इतिहास रच्ने अवसरबाट चुकेको छ । पटक पटक फाइनल पुग्दै आएको नेपाली महिला टिम नादेझ्दा कपको फाइनलमा समेत चुकेको छ ।  यस अघि नेपालले साफ च्याम्पियनसिप ४ पटक, साग २ पटक  र हिरो महिला गोल्डकपमा एक पटक फाइनल पुगेर पनि उपाधि जित्नबाट बञ्चित भएका थिए ।  

विशेष