खेल

वेस्ट इन्डिजविरुद्ध बुमराहले लिए ह्याट्रिक विकेट, भारत बलियो अवस्थामा

वेस्ट इन्डिजविरुद्ध बुमराहले लिए ह्याट्रिक विकेट, भारत बलियो अवस्थामा

काठमाडौंः वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतीय क्रिकेट टिम ४१६ रनमा अल आउट भयो ।

जवाफमा ब्याटिङ गर्न उत्रिएको वेस्ट इन्डिजले दिनको खेल समाप्तमा हुँदासम्म ७ विकेटको नोक्सानीमा ८७ रन बनाएको छ । जसप्रीत बुमराहले घातक बलिङ गगर्दै वेस्ट इन्डिजका ६ ब्याटसम्यानलाई पवेलियन फर्काए ।

उनले ५ वा सोभन्दा बढी विकेट लिएको यो पाँचौँ अवसर हो । बुमराहले यस दौरान करियरको पहिलो ह्याट्रिक पनि लिन सफल भए । टेस्टमा यो उपलब्धि हासिल गर्ने उनी तेस्रो भारतीय बलर बनेका छन् । यसअघि भारतका लागि हरभजन सिंह र इरफान पठानले टेस्टमा ह्याट्रिक लिएका थिए ।

यसअघि हनुमा विहारीले शानदार शतक (१११ रन) बनाउँदै टोलीलाई मजबूत स्थितिमा पुर्याएका थिए । यस्तै इशान्त शर्माले ५७, कप्तान विराट कोहलीले ७६, मयंक अग्रवालले ५५ रनको योगदान दिए । 

वेस्ट इन्डिज भर्सेस भारत जसप्रीत बुमराह

विशेष