सीपीएलः सर्बाधिक तौल भएका क्रोनवालको विष्फोटक प्रदर्शन, १९ बलमा अर्धशतक
काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत क्रिस गेलको टिम जमैका तल्लावाजविरुद्ध सर्बाधिक तौल (१४० किलो) भएका क्रिकेटर रहकीम क्रोनवालले शानदार अर्धशतक बनाएका छन् ।
सेन्ट लुसिया जूक्समाआवद्ध ओपनर क्रोनवालले ६ छक्का र २ चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् । यो समाचार तयार पार्दासम्म क्रोनवालको टिमले ८ ओभरमा बिनाविकेट १०५ रन बनाएको छ ।
यसअघि टस हारेर ब्याटिङको मौका पाएको गेलको टिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७१ रनको लक्ष्य दिएको छ ।
उसका लागि ग्लेन फिलिप्सले सर्बाधिक ५८, रोभवान पावेलले ४४ रन बनाए । अघिल्लो खेलमा शानदार शतक बनाएका कप्तान गेलले आज भने शून्य रनमै आउट भए । बलिङमा जुक्सका फअवाद अहमद, ओबीड म्याकओइले २–२ विकेट लिए ।
सीपीएल क्यारेबियन प्रिमियर लिग रहकीम क्रोनवाल