मुख्य समाचार

अज्ञात समूहले जलायो नगरपालिकाका प्रवक्ताकाे जिप

अज्ञात समूहले जलायो नगरपालिकाका प्रवक्ताकाे जिप

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका प्रवक्ता जगत बहादुर सिंहको निजी सवारी साधन जीपमा अज्ञात समूहले आगजनी गरेको छ । इलाका प्रहरी कार्यालय झलारी प्रहरीका अनुसार गयराति मध्यरातमा अज्ञात समूहले पेट्रोल छर्केर आगजनी गरेको हो । 

इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज नैनसिह साउँदले वनसमितिमा पार्किङ्ग गरेर राखेको अवस्थामा पेट्रोल छर्केर आगजनी गरिएको बताए । उनका अनुसार बा २१ च ८५०७ नम्बरको जिप आगजनीबाट पूर्ण नष्ट भएको छ । यसरी जनप्रतिनिधीको निजी सवारी साधनमाथी मध्यरातमा आगजनी भएपछि घटनाको शुक्लाफाँटा नगरपालिकाले भत्र्सना गरेको छ ।

 कुनैपनि व्यक्ति तथा जनप्रतिनिधीको निजी सवारी साधन एव निजी सम्पत्तीमा आगजनी गैर–कानुनीका साथै अमानवीयय भएको ठहर छ ।  

कञ्चनपुर आगजनी शुक्लाफाँटा नगरपालि जगत बहादुर सिंह जिप

विशेष