खेल

सीपीएलमा शानदार प्रदर्शन गरेको भन्दै दिल्लीले गर्‍यो सन्दीपको प्रशंसा

सीपीएलमा शानदार प्रदर्शन गरेको भन्दै दिल्लीले गर्‍यो सन्दीपको प्रशंसा

काठमाडौं ।  क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आठौं खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रिटसविरुद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध बार्बाडोस ट्राईडेन्टसले टस हारेर ब्याटिङको मौका पाएको छ ।

यी दई टिबीचको खेल नेपाली समयअनुसार आज बिहान ३ः४५ बजेदेखि सुरु भएको छ । सन्दीप्ले आज पनि प्लेइङ ११ मा मौका पाएका छन् । यो समाचार तयार पार्दासम्म बार्बाडोसले १३ ओभरमा १ विकेट गुमाएर ९८  रन बनाएको छ ।

बार्बाडोले पहिलो विकेटकारुपमा ओपनर एलेक्स हेल्सलाई गुमाउन पुग्याे । उनी ४.५ ओभरमा १८ रन बनाएर विकेटकीपरको हातबाट क्याच आउट भए । सन्दीपको टोली बार्बाडोस पहिलो खेलमा गुयना एमेजेन वारियससँग ४७ रनले पराजित भएको थियो ।

सेन्ट किट्स सन्दीपले पहिलो संस्करणमा आवद्धता जनाएको टिम हो । उनले गत सिजन सेन्ट किट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएपछि उदीयमान खेलाडी घोषित भएका थिए । सेन्ट किट्सले जारी सीपीएलमा ३ खेलमा २ मा हार र १ मा जित निकालेको छ ।

सीपीएल सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग

विशेष