गौवधका कारण नेपालमा भूकम्प र बाढीपहिरो गएकाे हाे (भिडियाेसहित)
संसारमा सबैभन्दा जे सोझो हुन्छ, त्यसलाई गौप्राणी भन्छन् । गाई हाम्रो माता हुन् । राष्ट्रिय जनावर र धर्मसंस्कृतिको केन्द्र पनि गाई हुन् । नेपालमा पहिले गाईलाई नेपालमा सम्मान गरिन्थ्यो । अहिले पनि धेरैले गरिरहेका छन् । गाईको पुजा पनि हुने गर्छ । गाईलाई पाल्छन्, पुजा गर्छन्, दान गर्छन् । सबै काम चलिरहेको छ ।
नेपालमा गाईको हिंसा एउटा विदेशीहरुले केही वर्षअगाडि नै गौहत्याका लागि करोडौं डलर कुनै व्यक्तिहरुलाई नेताहरुलाई दिएका छन् । त्यो अनुसन्धान गर्नुपर्ने विषय पनि हो । हाल पनि केही आइएनजिओमार्फत गौहत्या सम्बोधन गर्नका लागि नेपालका तथाकथित बुद्धिजीवीहरुलाई गौहत्याका लागि उत्प्रेरित गरिरहेका छन् पश्चिमाहरुले ।
गौहत्याको सिलसिला कसरी शुरु भयो भने हाम्रो महादेशमा, १८३५ मा जब लर्ड मेकाले इस्ट इन्डिया कम्पनीमाफर्त शासन गर्न आए, उनले भारतको संस्कृति सारा बुझेर लण्डनमा एक प्रतिवेदन पठाए । उनले भने कि जबसम्म भारतको कृषि व्यवस्था, धर्मसंस्कृति खल्बल्याउन सकिदैन, तबसम्म हामीले स्थायी राज्य गर्न सकिदैन भनियो । त्यसपछि गौहत्याको सिलसिला सुरु भयो । त्यसअघि मुलमानहरुले पनि भारतमा गौहत्या गर्दैन थिए ।
गौहत्या हुनेलाई नर्कवास हुने कुरानमा लेखेको छ । मुसलमानहरुलाई हातमा लिन क्रिष्चियनहरुले गाई काट्ने हाउस कलकत्तामा खोले र मुसलमानहरुले पनि गाई खान थालेका हुन् ।
नेपालमा त्यसको खास प्रभाव परेन । केही वर्षअगाडि नै पश्चिमाहरुले इस्ट इन्डिया कम्पनीले फुटाऊ र राज गर भन्ने नीति लिए । नेपालमा पनि उनीहरुले विभिन्न खेल खेलिरहेका छन् । चीन र भारतलाई तह लगाउन नेपाललाई वार फिल्ड बनाउने योजना उनीहरुको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले गाईहरु भीरबाट लडायो । हत्या गर्यो । यसमा नेपालगन्ज नगरपालिकाका जो पनि सम्बन्धित तिनीहरुलाई कडा कारबाही हुनुपर्छ । यसमा गौहत्या गर्ने कसैले पनि छुट पाउनु हुँदैन । निष्पक्ष छानविन होस् । विगतमा पनि कञ्चनपुरमा पनि गाडीका गाडी विष खुवाएर गाई गोदावरीको जंगलमा फालेका थिए । त्यसबाट दर्जनौं गाई मरेका थिए । त्यो बेला मोहनशरण देवाचार्यले पनि विरोध गरे ।
कैलालीको घोडाघोडी नगरपालिकाले पनि गौहत्यामा सहयोग गरेको छ । त्यहाँ पनि छानविन समिति गठन गर्नुपर्छ ।
भारतमा पहिले गौहत्या हुन्थ्यो । उत्तरप्रदेशमा योगी आदित्यनाथले गौहत्या बन्द गराए । त्यसकारण त्यहाँ गाईको संख्या बढेको छ । भारतबाट पनि नेपालमा गाईहरु आउन थालेका छन् । दुवै देशसँग कुराकानी गरेर व्यवस्थापन गर्नुपर्छ । रोक्ने प्रयासहरु पनि गर्नुपर्छ । हत्या चाहिँ रोक्नुपर्छ । त्यसका लागि के उपाय छ त ? पहिले नगरपालिकाले १० औं करोड चियापानमा खर्च गर्छन् । ५० औं करोड भ्रष्टाचारमा खर्च गर्छन् । एकाध करोड गौशाला बनाएर गाईका लागि खर्च गरौं न । गाईका गोबरबाट अर्गानिक खेती हुन्छ । यसमा गरेको खर्चले हानी गर्दैन । नगरपालिकाको काम भनेको जनताको हितमा काम गर्ने हो । जनताको रगत पसिना चुसेर खाने मात्रै काम मेयरहरुको होइन होला नी त ।
गाईको व्यवस्थापनमा, कुकुरको व्यवस्थापनमा पनि लाग्नु पर्छ । कुकुरको पनि पुजा हुन्छ । भैरवको वाहन पनि हो कुकुर त । कुकुरको पनि व्यवस्थापन गर्नुपर्छ । कुुकुरशाला पनि राख्नु पर्छ । कुकुरको व्यवस्थापन गर्ने भनेको चिर्पटले हिर्काएर मार्ने भनेको होइन । बन्ध्याकरण पनि गर्न सकिन्छ । कुकुरसम्बन्धी संस्थाहरुले बन्ध्याकरण गरिदिने भनेकै छन् ।
सडकमा संँख्या घटाउनु पर्छ । गाई, कुकुर वा छाडा चौपायाको सख्ंया घटाउनु पर्छ । कुकुरलाई पनि , गाईलाई पनि मार्न पाइँदैन । तीन वर्षको कैदले पुग्दैन । गौहत्या भनेको सबैभन्दा ठूलो अपराध हो । कम्तिमा २० वर्ष कैद हुनुपर्छ गौहत्या गर्नेलाई ।
काठमाडौं महानगरपालिकाले राति २ बजे काठमाडौंका सडकहरुमा ट्रक र ड्राइभर पठाइदिन्छ । रौतहटका तस्करले मोटामोटा गाई गोरु छानेर गाडीमा लोड गर्छ । काठमाडौं महानगरले लिलाम गरेको कागज बनाएर छोड पूर्जी तयार पार्छ । रातारात गाई झापा हुँदै बंगलादेश पुर्याइन्छ ।
नगरपालिकाले हत्यारालाई तस्करलाई गाई लिलामी गर्नु भएन । दुई चार कौडीका लागि गाई लिलाम गरेर हत्या गर्नु भएन । गाई मार्नका लागि पठाउन मिल्दैन ।
बंगलादेश पुर्याउनेलाई गाई बेच्नु हुँदैन । काठमाडौं महानगरले पनि हजारौं गाई बंगलादेश लैजानेलाई लिलाम गरेको छ । गौहत्यारालाई कसैलाई पनि बाँकी राख्न हुँदैन । व्यवस्थापन गर्नुपर्छ नी । देशभरका नगरपालिका, गाउँपालिकाले व्यवस्थापन गर्नुपर्छ । गाईका लागि अलिकति खर्च गरेर गौशाला निर्माण गर्नुपर्छ ।
गौहत्या समस्याको समाधान होइन । संरक्षण चाहिँ समाधान हो । जसले गाई पाल्छ, उसले बाच्छा पनि पाल्नु पर्छ । पालन पोषण गर्नुपर्छ । दूध मात्रै खाएर हुँदैन । बाच्छाको हेरविचार नगर्ने, सडकमा पठाउने, मार्न लगाउने काम गर्न हुँदैन । उसैले जवाफ लिनु पर्छ । अरु उपाय छैन ।
गाईको महत्व बुझ्न पर्छ । ८४ लाख जुनीमा पहिलो श्रृष्टि गाईको भएको छ । गाई नभए त मान्छेको जीवन पनि समाप्त हुन्छ ।
गाईको सुरक्षा भएन मुलुकमा शान्ति सुरक्षा हुँदैन । जातीय धार्मिक युद्ध पनि हुन्छ । हामीले पश्चिमाको डलरको पछाडि लागेर उनीहरुको इशारामा लाग्नु हुँदैन । हामीले हाम्रो देश जोगाउनु पर्छ ।
अर्को कुरा के भने, गौहत्या र प्राकृतिक प्रकोपको सम्बन्ध छ । नेपालमा गौहत्या हुँदै गयो भने प्राकृतिक प्रकोप बढीहाल्छ । गाई संंरक्षण गर्ने हो भने प्राकृतिक प्रकोप हुँदैन । जुरेमा गाई र नाग काट्दा जुरेमा पहिरो गयो । ७१ सालमा साउन १७ गते नागपञ्चमीमा पहिरो गयो । २४८ जनाको ज्यान गयो । त्यसको अनुसन्धान गरौं न ।
गौहत्याबाट प्राकृतिक प्रकोपको सोझो सम्बन्ध छ । देशमा बाढीपहिरोबाट क्षति भइरहेको छ ।
आध्यात्मिक र भौतिकवाद दुई पक्ष छन् । भौतिकवाद आफैंमा गलत छ । जहाँ अध्यात्म हुँदैन, त्यहाँ भौतिकवाद एक्लै सही हुन सक्दैन । त्यसको सिद्धान्त गलत छ । भौतिकवाद र अध्यात्मवादको सन्तुलनबाट नै हाम्रो शान्ति र स्थीरता हुन्छ । यिनीहरुले भन्छन् कि जति पनि वैज्ञानिकहरु भए तिनीहरुको जीवनी नेताहरुले पढेकै छैनन् ।
उनीहरु त वैज्ञानिकहरु सबैभन्दा बढी अध्यात्मवादी थिए । अमेरिका पनि दुःखी छ । किनभने त्यहाँ गौहत्या छ । भौतिक पैसामा त छ । अध्यात्मिक र सामाजिक उन्नति अधोगतिमा छ । मानिसहरु अन्धाधुन्ध गोली हानेर मारिन्छन् । सयौं मानिस मरिरहेका छन् । संसारको आधा भन्दा बढी गोलीकाण्ड अमेरिकामा हुन्छ । डिप्रेसन अमेरिकामै बढी छ । मुटुरोगीहरु अमेरिकामा छन् ।
लेखक नेपाल प्रहरीका पूर्वडिआइजी हुन् ।