अनुष्काले विराटको हातमा चुम्बन गर्दै गरेका तस्विर भाइरल

भारतीय क्रिकेट टिम केही समय पहिला दिल्लामा थियो। यहि मौकामा फिरोज शाह कोटला स्टेडिमको नामलाई आधिकारिक रूपमा परिवर्तन गरेर अरुण जेटली स्टेडियम गरियो। यो अवसरमा नेता अरुण जेटलीको परिवार पनि थियो।
यसैक्रममा विराट कोहलीको नामा पनि यो स्टेडियमको एउटा स्ट्यान्ड अनावरण हुनबारे जानकारी दिइयो। यो अवसरमा विराटको साथमै अनुष्का शर्मा पनि थिइन्।
यही अवसरका केही तस्विर सामाजिक सञ्जालमा भाइरल भएका छन्। तस्विरमा अनुष्का विराटको हातमा चुम्बन गर्दै गरेको देख्न सकिन्छ। यसअवरमा विराट सामान्य रूपमा प्रस्तुत भएका थिए भने अनुष्का नीलो रङको सारी पहिरिएकी थिइन्।