खेल

सीपीएलः विष्फोटक ब्याटिङ गर्दा पनि क्रिस गेलको टिम पराजित

सीपीएलः विष्फोटक ब्याटिङ गर्दा पनि क्रिस गेलको टिम पराजित

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) को १०औं खेलमा क्रिस गेल नेतृत्वको जैमका तल्लावाजविरुद्ध ट्रिनबागो नाइटराइडर्स ४१ रनले विजयी भएको छ । नाइटराइडर्सको यो लगातार तेस्रो जीत हो ।

जीतसँगै किरण पोलार्ड नेतृत्वको यो टिम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नाइटराइडर्सले दिएको २६८ रनको विशाल लक्ष्य पछ्याएको गेलको टिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२६ रन बनायो ।

उसका लागि ग्लेन फिलिप्सले ६२, क्रिस गेलले ३९, क्रिस ग्रिनले १५ रन बनाए । यस्तै जभिल्ली ग्लेन ३४ र रमल लीविस ३७ रनमा नटआउट रहे । बलिङमा नाइट राइडर्सका मोहम्मद हसनैनले २, किरण पोलार्ड, सुनिल नारायण र जीमि नीशमले एक–एक विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङको मौका पाएको नाइट राइडर्सले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २६७ रन बनायो । उसका लागि कोलिन मुनरो र लेन्डल सिमोन्सले विष्फोटक प्रदर्शन गरे । मुनरो ८ छक्का र ६ चौका प्रहार गर्दै ५० बलम ९६ रनमा नटआउट रहे । यस्तै सिमोन्सले ५ छक्का र ८ चौकाको मद्दतमा ४२ बलमा ८६ रन बनाए ।

यस्तै कप्तान किरण पोलार्डले अविजित ४५, सुनिल नारायणले २० रनको योगदान दिए । बलिङमा जमैकाका जाहिर खानले एक विकेट लिए ।

गेलको टिमको यो लगातार चौथो हार हो । र, उनको जमैका अंक तालिकाको पुछारमा छ । यता ट्रिनबागोले भने ४ खेलमै जीत हासिल गर्दै अंक तालिकाको पहिलाे स्थानमा उक्लिएकाे  छ । 

क्यारेबियन प्रिमियर लिग क्रिस गेल किरण पोलार्ड

विशेष