२६ वर्षीया आलिया भट्टले गरिन् 'डेडलिफ्ट', भिडियो भाइरल

आलिया भट्टको वर्कआउट भिडियो सोशल मिडियामा भाइरल भएको छ। भिडियोमा डेडलिफ्टिङ गर्दै गरेको देख्न सकिन्छ। खास कुरा त के छ भने आलियाले ७० किलो वजन उठाएकी छन्। यो वजन उनको वजनभन्दा धेरै हो।
यो भिडियो उनको जिम सोहफिटले आफ्नो सामाजिक सञ्जाल एकाउन्टमा शेयर गको हो। भिडियो क्याप्सनमा आलियाको तारिफ गरिएको छ। उनले ९ महिनाको वर्कआउट पछि ७० किलो वजन उठान सकेको पनि उल्लेख गरिएको छ।
फिल्मको कुरा गर्दा आलिया अहिले आफ्नो बुवा महेश भट्टको कमब्याक सिनेमा सडक-२ को सुटिङमा व्यस्त छिन्। जसमा उनको साथमा आदित्य राय कपूर, संजय दत्त, पूजा भट्ट पनि छन्। यसबाहेक उनी ब्रह्मास्त्र, इन्साल्लाह जस्ता सिनेमा पनि देखिँदै छिन्।
आलिया भट्ट