यू–१६ च्याम्पियनसिप छनोटः जोर्डनको सामना गर्दै नेपाल
काठमाडौं । जोर्डनमा भइरहेको एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा आज नेपाल र जोर्डन खेल्दै छन् । नेपालका लागि यो पहिलो खेल हो । नेपालले आफ्नो पहिलो खेलमै बलियो टोली जोर्डनलाई पाएको छ ।
अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालाबाट जितका साथ निस्कन नेपालका लागि कम चुनौतीपूर्ण छैन ।
नेपाली टिमका प्रशिक्षक सुनिल श्रेष्ठ पनि जोर्डनलाई बराबरीमा रोक्ने रणनीति नै टिमले अवलम्बन गर्ने बताउँछन् ।
नेपाल हालैमात्र भातमा सम्पन्न साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेको थियो । तर, टिमलाई उपविजेता बनाउँदा कम्पतानको भूमिका निभाएका प्रदीप लम्सालसहित अन्य दुई खेलाडी असिम राई र इश्वर गुरुङले जोर्डनसँगको खेल गुमाएका छन् । एमआरआईबाट उमेर बढी भएको रिपोर्ट आएपछि उनीहरु जोर्डन जानबाट रोकिएका हुन् ।
यू–१६ च्याम्पियनसिप जोर्डन भर्सेस नेपाल