मुख्य समाचार

नेकपामा गुटउपगुट भए पार्टी नै ध्वस्त हुन्छः अध्यक्ष प्रचण्ड

नेकपामा गुटउपगुट भए पार्टी नै ध्वस्त हुन्छः अध्यक्ष प्रचण्ड

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार सक्रियरूपमा जनताको काम गर्न कटिबद्ध रहेको बताएका छन् । इलाम सदरमुकाममा शनिबार बिहान पत्रकारसँग कुरा गर्दै उनले नयाँ नेपालमा नयाँ व्यवस्था शुरु भएकाले परिवर्तन नदेखिएको तर अब नतिजामुखी काम गर्न सरकार तत्पर रहेकोसमेत उल्लेख गरे । 

अध्यक्ष प्रचण्डले पार्टीमा गुटउपगुट भएको खण्डमा पार्टी नै ध्वस्त हुनेसमेत बताए । नेता केन्द्रित र गुट केन्द्रितले आफैँलाई सक्ने भन्दै अध्यक्ष प्रचण्डले जिम्मेवारीका आधारमा पार्टी चल्नुपर्ने जानकारी दिए ।

उनले आफ्नो उद्देश्य अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने नभएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा राखेको विषय वास्तविकताभन्दा भिन्न भएर बाहिर आएको बताए । ‘म सबै राष्ट्रसँग समान सम्बन्ध भएको देख्न चाहन्छु’, उनले थपे, ‘कुनै देशको नीतिविरुद्ध र राष्ट्रको अहित हुने कुरा बोले भन्नु निराधार हुन्छ ।’ 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले संविधान निर्माणसमेत अहिलेका एकता भएका दुई शक्तिका कारण मात्र भएको बताए । उनले पहिलो संविधानसभा विघटनपछि दोस्रो संविधानसभासमेत विघटन गर्न देशभित्र तथा बाहिरका शक्ति लागेपनि तत्कालीन एमाले र तत्कालीन माओवादीका कारण संविधान निर्माण भएको बताए । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ गुटउपगुट

विशेष