Technology

गूगल 'सर्च इन्जिन अलगोरिदम'मा व्यापक परिवर्तन, अब देखाउने छैन 'कपीपेस्ट कन्टेन'

गूगल 'सर्च इन्जिन अलगोरिदम'मा व्यापक परिवर्तन, अब देखाउने छैन 'कपीपेस्ट कन्टेन'

संसारकै सबैभन्दा ठूलो सर्च इन्जिन कम्पनी गूगलले आफ्नो सर्च 'अलगोरिदम'मा व्यापक परिवर्तन गरेको छ। यो परिवर्तनपछि अब केबल मौलिक तथा विस्तारित समाचारहरू मात्रै सर्च इन्जिनमा सबैभन्दा अगाडि देखिने छन्।

विगत केही वर्षदेखि संसार भरका मिडिया हाउसहरूको आलोचना खेप्दै आएको गूगलले यस्तो महत्त्वपूर्ण कदम उठाएको हो। गूगलले आफ्नो आधिकारिक ब्लग पोस्टमा उल्लेख गरेअनुसार मौलिख तरिकाले लेखिएको समाचारहरूलाई मात्रै सर्च इन्जिनले प्रमोट गर्नेछ, साथै ती समाचारमा खोज, गहनता र पत्रकारिताको आचारसंहिताको उचित पालना भएको हुनुपर्ने छ।

ब्लगमा उल्लेख भएअनुसार समाचार गहन र खोजमूलक रिपोर्टिङबाट भरिएको छ भने गूगल सर्चमा र्‍यांक गर्न सम्भावना पनि हुन्छ। यीनै रिपोर्ट र आर्टिकललाई धेरैभन्दा धेरै रेटिङ मिल्ने पनि गूगलले सम्प्रेशण गरेको ब्लगमा उल्लेख गरिएको छ।

गूगलले पब्लिसर र स्टोरिजलाई रेट गर्नका लागि नयाँ गाइडलाइन्स पनि जारी गरेको छ। नयाँ गाइडलाइन्सअनुसार संसार भरका १० हजारभन्दा धेरै रेटर्स पब्लिसरद्वारा मौलिख रिपोर्टिङहरूको सम्पूर्ण 'रिप्युटेशन' र कामलाई हेरेर रेट गर्नेछन्।

गुगलका भ्वाइस प्रेसिडेन्ट रिचर्जले आफ्नो ब्लग पोस्टमा रिभ्यूअर्सको फिडब्याकबाट कुनै पनि स्पेसिफिकेसन रिजल्टको र्‍यांकिङमा कुनै परिवर्तन गरिने छैन्। अहिलेसम्म सबैभन्दा पहिला सम्प्रशित र विस्तारित समाचार मात्रै गूगल सर्च इन्जिनमा सबैभन्दा पहिला देखिन्छ।

गूगलेले पछिल्लो कदम सबै युजरलाई गुणस्तरीय र मौलिख स्टोरिसको पहुँच पुर्‍याउनका लागि उठाएको जनाएको छ। रिचर्डले आफ्नो ब्लग पोस्टमा मिटू, पानामा पेपर लिक, ओपिइड क्राइसिस जस्ता घटनाका बारेमा जिकिर गर्दै लेखेका छन्, 'यी घटनाभित्र एकदमै गम्भीर र खोजमूलक पत्रकारिता छ। यी सबै मौलिक स्टोरीमा सबैको पहुँच हुन आवश्कय छ।'

नयाँ अलगोरिदमले कसरी काम गर्छ?

गूगल न्युज सर्चको अलगोरिदमको परिवर्तनको असर विस्तारै देखिँदै जाने छ। अब तपाईंले कुनै घटनाबारेमा जान्न गूगल सर्च इन्जिनमा सर्च गर्ने प्रयास गर्नुभयो भने गूगल सर्चले मौलिख र खोजमूलक स्टोरीलाई सबैभन्दा पहिला देखाउने छ।

मौलिख र गहन तरिकाले लेखिएका स्टोरीमा नै उक्त घटनाका बारेमा सम्पूर्ण विषय वस्तु समावेश हुनेछ। साथै यो पत्रकारिता आचारसंहिता पनि पालना गरिएको हुनेछ। जसले गर्दा फेक न्यूजको प्रभाव कम पर्नेछ।

अलगोरिदममा किन परिवर्तन

गूगलले केही वर्षदेखि संसार भरका मिडिया हाउसको आलोचना खेप्दै आएको छ। किनकि गूगल सर्च इन्जिनमा धेरै जसो क्लिकेबल हेडलाइन भएका स्टोरीज सबैभन्दा पहिला र्‍यांक हुने गर्थ्यो।

यसको बेफाइदा भनेको खोजमूलक, गहन, मौलिख समाचार सम्प्रेशण गर्ने मिडिया हाउसहरूले नोक्सानी बेहोर्नु पर्थ्यो। साथै यसअघिको अलगोरिदमले मोस्ट रिसेन्ट र क्लिकेबल हेडलाइन भएका समाचारलाई सबैभन्दा पहिला र्‍याङ गर्ने गर्थ्यो। जसका कारण गहन खोजमूलक र मौलिक र विस्तारित समाचारहरू हराउँथे।

गुगल

विशेष