पहिलो पटक ह्याम्सको पोखरामा सिएमइ तालिम
काठमाडौं । काठमाडौंको ह्याम्स हस्पिटलले पोखरामा स्थानीय चिकित्सक, स्वास्थ्यकर्मीहरुका लागि सिएमइ तालिम दिएको छ । तालिममा गम्भिर प्रकृतिका रोग लाग्दा अपनाइनु पर्ने सघन उपचार पद्धति, पक्षघात, डेंगुआदिमा स्वास्थ्यकर्मीहरुले ध्यान दिनु पर्ने विषयहरुमा चर्चा गरिएको थियो ।
सिएमईमा बरिष्ठ चिकित्सक अनुपराज सुवेदीले रोगका किटाणु र मानव शरिरमा हुने बिभिन्न प्रकारका किटाणुहरु र मानव स्वास्थ्यको सम्वन्धका बारेमा प्रवचन दिएका थिए । डा.मनोज बोहोराले पक्षघात हुँदा तत्काल अपनाउनु पर्ने सावधानीका विषयमा विस्तृत जानकारी दिए ।
अर्का बरिष्ठ चिकित्सक विराज पराजुलीले बच्चाहरुमा हुने डेङ्गी रोग र गम्भिर प्रकृतिको रोग लागेपछि गर्नु पर्ने सघन उपचार पद्धतिको बारेमा प्रकाश पारेका थिए ।
पोखरास्थिति सांग्रिला भिलेजमा शुक्रबार सम्पन्न सिएमईमा प्रखुम अतिथिका रुपमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति डा. बुद्धिबहादुर थापा उपस्थिति थिए । कार्यक्रममा पोखराका विभिन्न अस्पतालका वरिष्ठ चिकित्सकहरु, उद्योगी व्यवसायी, होटल व्यवसायीहरु, पत्रकारहरुको सहभागीता थियो ।
कार्यक्रममा ह्याम्स अस्पतालबाट प्रा.डा. भगवान काइराला, प्रा.डा. अर्जुन कार्की, अस्पतालका अध्यक्ष रामशरण भण्डारी, मेडिकल डाइरेक्टर डा. भास्करराज पन्तलगायतको उपस्थिति थियो ।
सिएमइ भन्नाले चिकित्सा शिक्षामा दिइने निरन्तरतासम्बन्धी तालिम हो ।