आइसिसी महिला फोरम संयोजकमा समाजसेवी जुनु गुरुङको उम्मेदवारी
अर्जुन बराल
दक्षिण कोरिया : गैरआवासीय नेपाली संघ(एनआरएनए) को यहि अक्टोबर १५ देखि १७ सम्म काठमाडौंको हायात होटलमा हुन गइरहेको नवौ विश्व सम्मेलनको मिति नजिकिदै गर्दा एनआरएनए आइसिसिको विभिन्न पदमा नेतृत्वका लागि आकांक्षीले आ–आफनो दावेदारी प्रस्तुत गर्न थालेका छन्। अहिले विभिन्न देशमा एनआरएनए राष्ट्रिय समन्वयन परिषदले अधिवेशन गर्दै नयाँ नेतृत्व चुन्ने क्रम जारि नै छ।
यसैबीच एनआरएनएको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयनका लागि हङकङमा सम्पन्न क्षेत्रीय भेलाको साथै अस्ट्रेलियामा सम्पन्न भएको ओसेनिया क्षेत्रीय भेलापश्चात सतहीरूपमा आकांक्षी बाहिर देखिन थालिसकेका छन। नेतृत्वका लागि दाबेदारीहरू बढेसँगै एसिया प्यासिफिक महिला फोरम संयोजक जुनु गुरुङले पनि आइसिसी महिला फोरम संयोजकमा उम्मेदवार घोषणा गरेकी छिन् ।
लामो समयदेखि दक्षिण कोरियामा रहेर सफल व्यावसायिक महिलाका रूपमा आफूलाई चिनाइसकेकी जुनु गुरुङ “वुमन फर वुमन” दक्षिण कोरियाकी पूर्वअध्यक्ष हुन्। उनले दक्षिण कोरियाको नेपाली समाजमा छुट्टै समाजसेवीको पहिचान बनाएकी छन। साथै दक्षिण कोरिया सरकारले प्रदान गर्ने मानार्थ सिटिजन सिपबाट सम्मानित दक्षिण कोरियामा पहिलो नेपाली महिलासमेत हुन्।
दक्षिण कोरियामा रोजगार प्रक्रिया प्रणालीका माध्यमबाट आएका हुन वा विद्यार्थी भिसामै रहेका नेपाली किन नहुँन आपतकालीन अवस्थामा उनी प्रेरणाकी स्रोत बनेकी छिन्। गुरुङले आठौँ विश्व सम्मेलनपश्चात एनआरएनए एनसीसी गठन भएको सबैदेशमा महिला फोरम संयोजकको हैसियतमा रहँदा महिला फोरम गठन गर्न सफल भएकोमा खुसी व्यक्त गदै त्यसका निम्ति सबैप्रति आभार प्रकट गरेकी छिन्।
यसैबीच गुरुङले एसिया प्यासिफिक क्षेत्र र मध्यपूर्वका मजदुर तथा महिलाको दर्दनाक अवस्थाको न्यूनीकरणसहित महिलाका आवाजलाई शसक्त रुपमा उठाइ उनीहरुको आर्थिक तथा व्यावसायिक पाटोलाई सक्षम बनाउँन प्रयाससँगै सबैतिर छरिएर रहेका महिलाको सञ्जाललाई अझ विस्तार गरि फराकिलो बनाउँने प्रतिबद्धतासहित एनआरएनएलाई अझ गतिशिल र सबैको अपनवत्व हुँने गरि सबै क्षेत्रको प्रतिनिधित्वको सुनिश्चितताको लागि जोड दिन आग्रह गरेकी छिन्।
महिला फोरम