ज्ञानेन्द्र शाही पक्राउ
काठमाडौं । भ्रष्टाचारविरोधी अभियन्ताका रुपमा चिनिएका ज्ञानेन्द्र शाही आइतबार पक्राउ परेका छन् ।
ललितपुरको कुपण्डोलमा पर्यटनमन्त्री योगेश भट्टराईले झुठ बोलेको दावी गर्दै उनले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा प्रहरीले हस्तक्षेप गरेर उनलाई पक्रेको छ ।
शाहीमाथि भएको आक्रमणमा नेकपा सम्वद्ध कार्यकर्ताको हात रहेको आरोप नेपालका लागि नेपालीका अभियन्ता डा. सुरेन्द्र भण्डारीको छ ।
शाहीले शनिबार नेपालगञ्जबाट काठमाडौं आउने क्रममा पर्यटनमन्त्री योगेश भट्टराईले बुद्ध एअरको जहाज १ घण्टा कुराएको भन्दै जहाजमै भएको विवादको भिडियो सार्वजनिक गरेका थिए ।