आयोगद्वारा थप ४ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्ने क्रममा आइतबार ४ जिल्लाको नतिजा प्रकाशित गरेको छ । आयोगले आइतबार ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र उदयपुर जिल्लाको नतिजा प्रकाशित गरेको हो ।
ओखलढुंगा, जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
खोटाङ जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
सोलुखुम्ब जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
उदयपुर जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा.वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो ।
आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो ।
आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९ सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।
शिक्षक सेवा आयोग प्राथमिक तह नतिजा सार्वजनिक