स्वास्थ्य

डेंगु लागेमा ३ हजार दिइने 

डेंगु लागेमा ३ हजार दिइने 

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले डेंगुको रोग लागेका विरामीलाई यातायात र खानाखर्च वापत् तीनहजार रुपैयाँ दिने निर्णय गरेको छ। राक्सिराङ गाउँपालिकामा डेंगुको उपचार गर्ने ठूला स्वास्थ्यसंस्था नभएकाले मनहरी, हेटौँडा तथा चितवनका अस्पतालमा जानुुपर्ने बाध्यता रहेकाले यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

साबिक राक्सिराङ, काँकडा, खैराङ र सरिखेत गाउँ विकास समितिहरु मिलेर बनेको राक्सिराङ गाउँपालिकामा साविकका गाविसतर्फ १/१ स्वास्थ्यचौकीहरु रहेका छन् । स्वास्थ्यचौकीहरुमा चिकित्सकीय सेवा नहुने भएकाले डेंगुको संक्रमण भएको पहिचान गर्नकै लागि पनि अन्यत्र जानुपर्ने बाध्यता रहेको छ ।

डेंगु पहिचानको बाध्यतालाई सजिलो पार्नका लागि गाउँपालिकाले हरेक स्वास्थ्यचौकीमा ३०/३० थान डेंगु परिक्षण किट पठाएको स्वास्थ्य संयोजक विजय कापरीले जानकारी दिए । 

हालसम्म राक्सिराङ गाउँपालिकाभित्र वडा नं ३ का २ जना मानिसहरुमा डेंगुको संक्रमण देखिइसकेको छ । 

विशेष