यू १८ साफ फुटबल खेल्ने २३ सदस्यीय नेपाली टोली यस्तो छ
आगामी शुक्रबारबाट सुरु हुन लागेको यू–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि घरेलु टोली नेपालले अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । घोषित टोलीको गोलकिपरमा विशाल सुनार, सूर्य अधिकारी र पुजन होना छन् ।
यस्तै डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अञ्जल महर्जन छन् । मिडफिल्डमा सिसिर लेखि, रोसन राना मगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाल, नितिन थापा छन् ।
यस्तै स्टाइकरमा व्रिजेश चौधरी, सन्चु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी छन् । साफ च्याम्पियनसिप शुक्रबारबाट हलचोकस्थित सशस्त्र मैदानमा सुरु हुँदैछ । नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्नेछ ।