राशिफल

आज मंगलबार, कस्तो तपाइको राशिफल?

आज मंगलबार, कस्तो तपाइको राशिफल?

मेष– व्यापार व्यावसायमा नाफा कमाउन निकै संघर्ष गर्नुपर्ला । आफन्तहरु तपाइसँग टाढिनेछन् । पति पत्निबीच मनमुटाब बढ्ने छ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने छ । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुँदा मानसिक तनाव बढ्नेछ ।  

बृष– अनाबश्यक ठाउँमा श्रम तथा शक्ति खर्च हुनसक्छ, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ ।  

मिथुन– व्यवसायमा प्रशस्त आम्दानी हुने तथा आम्दानीका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पति हात लाग्ने योग रहेको छ । दाजुभाईबाट भने जस्तो सहयोग पाइने  हुनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरुभन्दा एक कदम अगाडि बढि सफलता हात पार्न सकिने छ ।  

कर्कट– निति निर्माण तहमा तपाइको सहभागिताले महत्वपूर्ण भूमिका खेल्नेछ । व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । पढाई लेखाइमा भनेजस्तो सफलता हुने हुँदा मन प्रशन्न रहने छ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नतीको गतिलो योग रहेको छ ।

सिहं– शैक्षिक तथा धार्मिक यात्राको हुने छ । बिद्या तथा प्रतिष्पर्धामा अरुभन्दा अग्र स्थानमा तपाइको नाम आउने छ । भाग्य तथा समयले साथ दिने हुनाले सबै प्रकारका कामहरुमा लाभ मिल्ने समय रहेको छ । मायाप्रेमको गाठो कसिने छ  ।

कन्या– धनमाल हराउँन तथा लुटिन सक्छ सजक रहनु होला । व्यापारमा नाफा कमाउन बढिनै संघर्ष गर्नुपर्ने छ । कामका सवालमा उठ्ने गोप्य कुराहरु बहिर आउँन सक्ने हुनाले सजक रहनु पर्नेछ ।  

तुला– आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिने छ। मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाइने तथा विलासी जीवन व्यातित गरि रमाउने समय रहेको छ । जीवन साथीसँग रमाईलो यात्राको तय गर्न सकिने छ । एकल तथा साझेदारी व्यवसायबाट प्रशस्त आम्दानी गर्न सकिने छ ।  

बृश्चिक– घर परिवार तथा सामाजिक निर्णयहरु तपाइकै पक्षमा हुने हुनाले मन प्रशन्न रहनेछ । पढाई लेखाइमा सामान्य प्रतिष्पर्धि आफैं साईड लाग्ने छन् । आफ्नो बिशेष मान्छेलाई लिएर यात्रामा निश्कन सकिनेछ । प्रेममा नजिक हुने समय रहेको छ ।

धनु– शिक्षामा सुधार भई बिगतका कमजोरीलाई सच्याउँदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनः जोडिने अधिक सम्भावना रहेको छ । नयाँ प्रेम प्रस्ताव आउने छ । शिक्षा क्षेत्रसँग सम्बन्धि पेशा व्यावसायबाट मनग्गे धन कमाउन सकिने छ । 

मकर– आफन्त तथा समाजका बौद्धिक व्यात्तित्वहरुसँग बिवाद हुने योग रहेको छ । खानपान तथा मौसमको ख्याल गर्नुहोला । छाती था श्वासप्रश्वास सम्बन्धि समस्या आउन सक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दापछि गएर पछुतो हुने सहयाेग रहेको छ ।  

कुम्भ– मायाप्रेममा सामिप्यता बढ्नुको साथै पतिपत्निबीच मायाको डोरी कसिलो भएर जानेछ । उद्योग ब्यापार ब्यबसायमा प्रशस्त आम्दानी हुने छ । छोटो तथा अर्थपूर्ण भ्रमणको तय हुने छ । बिद्यामा सोचेजस्तै सफलता पाइने छ ।

मीन– व्यापार फस्टाएर जाने तथा पहिले गरेका लगानीबाट मनग्गे भन लाभ हुने योग रहेको छ । दमदार बोलीको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपाइको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानी गर्न सकिने समय रहेको छ । 

राशिफल

विशेष