मुख्य समाचार

६ महिना भित्र मेलम्चीको पानी काठमाडौं झारे ठेकेदारलाई १० प्रतिशत बोनस

६ महिना भित्र मेलम्चीको पानी काठमाडौं झारे ठेकेदारलाई १० प्रतिशत बोनस

काठमाडौं । सरकारले मेलम्चीको पानी साढे ६ महिनामा काठमाडौंमा झारे ठेकेदार कम्पनीलाई १० प्रतिशत बोनस दिने गरी सम्झौता गर्दै छ । चाँडो पानी ल्याउन मेलम्ची खानेपानी विकास समितिले आयोजनाको हेडवक्र्स निर्माण र सुरुङ फिनिसिङको ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोसँग बोनस सम्झौता गर्न लागेको हो ।

सरकारी घोषणालाई पूरा गर्न समितिले ठेकेदार कम्पनीलाई बोनस दिने गरी सम्झौता गर्न लागेको आयोजना प्रमुख सूर्यराज कँडेलले बताए । चालू आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौंमा ल्याउने घोषणा सरकारको नीति तथा कार्यक्रममै छ । ‘चाँडोभन्दा चाँडो पानी काठमाडौं ल्याउन हामीले बोनससहितको सम्झौता गर्न लागेका हौँ,’ कँडेलले भने, ‘पानी ल्याउन सिनो हाइड्रोलाई १० महिना समय दिइएको छ । तर, साढे ६ महिनामा पानी ल्याए १०५ बोनस पाउँछ ।’

 सिनो हाइड्रोले सुरुङ फिनिसिङको ठेक्का ७५ करोडमा लिएको हो । साढे ६ महिनामा पानी ल्याए यो ठेक्काबाट उसले १० प्रतिशत अर्थात् साढे सात करोड बोनस प्राप्त गर्नेछ । त्यस्तै, ९० करोडमा ठेक्का लिएको हेडवक्र्सको कामबाट नौ करोड बोनसबापत पाउने मेलम्ची खानेपानीले जनाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

मेलम्ची बोनस

विशेष