मनोरञ्जन

नेपाल आइडल रवि ओडको ‘पिएर नशा’ सार्वजनिक (भिडियोसहित)

नेपाल आइडल रवि ओडको ‘पिएर नशा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । एकपछि अर्को उत्कृष्ट गीत बजारमा ल्याइरहेका नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले अर्को नयाँ कोसेली ल्याएका छन् । उनले ‘पिएर नशा’ बोलको नयाँ कोसेली दर्शक–स्रोता माझ बजारमा ल्याएका हुन् ।

यो गीतमा रविको आवाज, लिरिक्स–संगीत अर्जुन पौडेल, एरेन्ज लहाङ सुब्बाको रहेको छ । यस्तै वर्षा रावत, रञ्जित पौडेल र रवि ओडले यो गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

भिडियोलाई बुद्ध थापाले छायांकन, बिकास धमालाले सम्पादन, सुबोल थापाले कोरियोग्राफी गरेका हुन् । भिडियोलाई निकेश खड्काले निर्देशन र सगुन, सौगात पौडेलले उत्पादन गरेका हुन् ।

निकै व्यस्त रहेका रविले नेपाल आइडलपछि ‘च्याप्प समाउँदै’, ‘घरमा कुरा’, ‘दिलको फ्रेममा’, ‘मिठो बोलीले’, ‘२ कौडीको माया’, ‘उजाड यो’ लगायत गीत बजारमा ल्याइसकेका छन् । साथै ती गीतहरुले दर्शक–स्रोताको मन जित्न सफल भइरहेका छन् ।

">

 

रवि ओड नेपाल आइडल

विशेष