मनोरञ्जन

सारीमा 'हट' कंगना

सारीमा 'हट' कंगना

भारतीय अभिनेत्री कंगना रनौतलाई ग्ल्यामरस अन्दाजका लागि चिनिन्छन्। फेशनमा पनि उनी खास ध्यान दिन्छिन् । बैंककमा आयोजित एक अवार्ड शोमा भाग लिन पुगेकी कंगनाले परम्परागत लूक छानिन्, त्यसले उनलाई निकै हट र सेक्सी बनाएको थियो ।

तरुण तहलानीले डिजाइन गरेको गोल्डन शिमरी सारी कंगनाले लगाएकी थिइन् । त्यससँगै उनले कोर्सेट शैलीको स्वीटहार्ट नेकलाइन ब्ल्याक ब्लाउज लगाएकी थिइन् । कंगनाले कपाललाई स्टाइल बनाएर नेक र शोल्डरलाई हाइलाइट गरेकी थिइन् । बैंककमा मिलेनियम ब्रिलियन्स अवार्ड २०१९ मा प्रमुख अतिथि बनेर उनी पुगेकी थिइन् ।

फिल्मको कुरा गर्दा कंगना पंगा देखिँदैछिन् । यो फिल्म सन् २०२० को जनवरी १० मा रिलिज हुँदैछ । अनि जयललितामाथि बनिरहेको बायोपिक फिल्ममा पनि उनी देखिनेछिन् । त्यसका साथै उनी धाकड फिल्ममा प्रमुख भूमिकामा देखिनेछिन् ।

कंगना रनौट

विशेष