विचार

अमेरिकामा बचत कसरी गर्ने ?

अमेरिकामा बचत कसरी गर्ने ?

अमेरिकामा बसिरहनु भएका थुप्रै दाजुभाइ दिदिबहिनिहरु दिनदिनै सोध्नु गर्नेहुन्छ - अमेरिकाको कुन राज्यमा बस्न उपयुक्त होला ? कुन राज्यमा बस्दा कमाइ सेभिङ्ग गर्न सकिएला ? बसाइ अर्थात मुभ गर्दा के कस्ता कुराहरुमा ध्यान दिनु पर्ला ? ठुला शहर, महङ्गा ठाउहरुमा बर्षौ बर्ष बस्नेहरु कमाइ, काम र आफ्नो रोजिरोटी एबम गरि खान अप्ठेरो महशुस गर्दै गर्दा, कमाएर खर्चैमा सिमित भै टायर्ड हुदै गरेका एक जमात छन, अर्का थरि छन भर्खरै आएका, अर्का थरि छन नेपालिका ठुला बस्तिहरुमा हेपिएर, चेपिएर, दबिएर, शोषित भै, आवाजबिहिन मात्रै नभएर भबिश्य र अबसर अन्धकार भै आत्तिरहेका अर्का थरि छन।

अब मुभ गर्न लाग्दै हुनुहुन्छ भने अब एक पटक मात्र मुभ गर्नुहोस। चारतिर चाहरेर, चारतिर मन डुलाएर, चार तिरका भाइसाथिका दश थरिका कुरा सुनेर कान त्यता नलैजानुहोस। अब मात्र एक पटक मुभ गर्नुहोस। यदि अहिलेसम्म मुभ नगरेको तर कमाइ एबम एफोर्डेबल ठाउमा जान चाहनुहुन्छ भने समय र दुखि डलर बर्बाद नबनाउनुहोस। अमेरिकामा समय बर्बाद बनाउनु भनेको तपाइको अबसर र भबिश्य एबम रिटायर्ड लाइफ बर्बाद भयो भनेर जान्नु होला।

केहि टिप्स दिएको छु तपाइहरुलाइ मुभ गर्न र यसका लागि डिसिजन मेकिङ्गमा मद्दत पुगोस भनेर।

१) हावापानि राम्रो भएको स्थान हेर्नुहोस। जहा ६ महिना असाध्यै चिसो, बरफ र हिउ परिरहने ठाउ नछान्नुहोस।

२) टोर्नेडो, स्ट्रोम, हुरिकेन जस्ता प्राकृतिक प्रकोपका राज्यहरु, समुन्द्रि तटका राज्यहरु नछान्नुहोस।

३) आफ्नै लागि वा बच्चाहरुका लागि राम्रो स्कुल, र कलेज भएको राज्य छान्नुहोस। यसो भन्ने बित्तिकै राम्रो स्कुल र कलेजले मात्रै छोराछोरिले पढाइमा राम्रो गर्न सक्दछन भन्ने होइन। यसका लागि तपाइको घरको बाताबरण र केयर पनि त्यत्तिकै जरुरि छ्।

४) काम पाउने ठाउमा जानुहोस।

५) काम पाउने तर बढि खर्च, ठुला समुदाय तिर नहाम्फानुहोस। खर्च बढ्छ।

६) सेभिङ्ग हुने ठाउमा जानुहोस। जहा ओभरहेड कम होस।

७) भोलि आफैले आफ्नो सानोतिनो सिड मनि प्रयोग गरि आफ्नै केहि गर्न सकिने, सम्भावना भएको पिसफुल ठाउहरुमा सर्नुहोस।

८) क्राइम लो भएको ठाउमा सर्नुहोस।

९) घर, पर्पर्टी एबम ब्यबसाय सस्तो र कमाइ हुनसक्ने राज्य र ठाउहरुमा सर्नुहोस।

१०) डलर कमाउने भए कम्युनिटी, नेपालि भिडभाडबाट बाहिर निस्कनु होस। पहिले तपाइ आफु बन्ने हो। तपाइ बनेपछि मानिस तपाइलाइ खोज्न आफै आउछन पछि।

११) आम्दानि कर कम भएको राज्यमा सर्नुहोस।

तर, तपाइसङ्ग कर्म गर्ने इच्छा शक्ति पाल्नुहोस, इमान्दार बन्नुहोस, परिश्रमि बन्नुहोस, अल्छिपन, कामचोर पन हटाउनुहोस। खट्न सक्नु भयो र तपाइसङ्ग कमनसेन्स एबम डेडिकेसनको साथमा हार्डवर्किङ्ग गर्ने लगाव राख्नुहोस। फट्टाइ गर्ने, फटाहा बोल्ने, धेरै कुरा गर्ने, औडाहा टाइपका, सानामसिना कुराहरुमा मुर्मुरिने, इश्र्या, राग र पेटाहा पारा निकाल्नुभयो र तपाइसङ्ग प्यासन भएन भने तपाइले अमेरिकामा गरिखानु हुन्न भनेर भन्दा हुन्छ

अमेरिका कमाइ

विशेष