इतिहासमा आजः महिलाले पनि अब भोट हाल्न पाउने

सन् १९१९ सेप्टेम्बर १८ मा नेदरल्याण्डमा महिलालाई पनि निर्वाचनमा मत खसाल्ने अधिकार दिइएको थियो । त्यसअघि १८९३ मै न्युजिल्याण्डमा महिलहरुलाई मत हाल्ने अधिकार दिइएको थियो । सन् १९१७ मा क्यानडा, सन् १९१८ मा बेलायत र जर्मनीले पनि यस्तो अधिकार दिएका थिए । त्यही लहरमा नेदरल्याण्डमा पनि महिलाहरुलाई मत हाल्ने अधिकार दिइएको थियो ।