सीपीएलः क्रिस गेलको टिमले पायो २१९ रनको लक्ष्य
काठमाडौं । जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत १५औँ खेलमा गुयना अमेजन वारियर्सले क्रिस गेलआवद्ध जमैका तल्लावाजलाई २१९ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको मौका पाएको वारियर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१८ रन बनायो ।
उसका लागि कप्तान सोयब मलिकले ३ छक्का र ६ चौकाको मद्दतमा ३७ बलमा नटआउट ६७ रन बनाए । यस्तै ब्रेन्डोन किङले ५९, शिमरोन हिटमायरले ४४, निकोलश पूरनले २०, शेरफोन रदरफोर्डले १५ रनको योगदान दिए ।
बलिङमा जमैकाका आन्द्रे रसेल, जडे ड्रेनबाचले २–२ र ड्यान स्मिथ र रमाआल लीइसले १–१ विकेट हात पारे । प्रतियोगितामा गेलको टिमले पाँच खेल खेल्दा एक खेलमा मात्र जीत हासिल गरेको छ । यता मलिक कप्तान रहेको वारियर्सले भने ४ खेलमा ४ वटै जितेको छ । र, वारियर्स अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पनि सीपीएल खेलिरहेका छन् । उनको टिमको चौथो खेल शनिबार बिहान रहेको छ । सन्दीपआवद्ध बार्बाडोसले आउँदो खेल डारेन शामी कप्तान रहेको टिमसँग खेल्दै छ ।
क्यारेबियन प्रिमियर लिग क्रिस गेल सीपीएल