कभर स्टोरी

अब जनता जाग्नुपर्ने बेला भयो : दिलनिशानी मगर 

अब जनता जाग्नुपर्ने बेला भयो : दिलनिशानी मगर 

काठमाडौँ । दिल निशानी मगर लेखक हुन् । स्तम्भकार हुन् । समसामयिक विषयमा उनी जानकारी राख्छन् आलोचना गर्छन । पछिल्ला दिनदेखि सामाजिक सञ्जालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १५ मिनेट प्लेन ढिला गराएको र यसलाई लिएर मन्त्रीको आलोचना गरेपछि भ्रष्टाचार विरोधी अभियन्ताका रुपमा चिनिएका ज्ञानेन्द्र शाही भनिने ज्ञानबहादुर शाहीमाथि विभिन्न आरोप लागेको छ ।

नेकपा निकट भातृ संगठनले ज्ञानेन्द्र शाहीलाई विभिन्न जिल्ला प्रवेशमा निषेध गरेको छ । नेकपा अध्यक्ष प्रचण्डले प्रतिरोधमा उत्रन कार्यकर्तालाई निर्देशन दिएको भन्ने समाचारसमेत सार्वजनिक भएको छ । अर्कोतर्फ सार्वजनिक पदमा बसेका व्यक्तिमा जवाफदेहिता, देशभरका जनप्रतिनिधिहरुमा पारदर्शिता, जनताप्रतिको उत्तरदायित्व हराएको भन्ने लगायतका गुनासा आएका छन् ।

सरकारको कार्यशैलीलाई लिएर स्वयं सरकारभित्रकै दलका नेताहरु पनि सन्तुष्ट छैनन् । यसै सन्दर्भमा हामीले लेखक दिलनिशानी मगरसँग सरकारको कार्यशैलीलाई लिएर चुलिएको आलोचना, योगेश भट्टराई र ज्ञानेन्द्र शाही प्रकरण लगायतका विषयमा कुराकानी गरेका छौँ । 

हेरौँ कुराकानीको विस्तृत अंश : 

विशेष