मुख्य समाचार

राष्ट्रपति भण्डारीद्वारा संविधान दिवसको शुभकामना

राष्ट्रपति भण्डारीद्वारा संविधान दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै मानवअधिकार, प्रेस स्वतन्त्रता र समावेशी लोकतन्त्रलाई प्रत्याभूत गरेको बताएकी छिन् । 

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को उपलक्ष्यमा शुक्रबार दिएको शुभकामना सन्देशमा तीन तहका सरकार सञ्चालनमा आएसँगै त्यसअनुरूप संरचना संस्थागत र सुदृढ हुँदै गएको उनले स्पष्ट पारेकी छिन् । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि संविधान दिवसको शुभकामना दिएका छन् । 

विद्यादेवी भण्डारी संविधान दिवस

विशेष