मुख्य समाचार

संविधानले हरेक नेपालीको मर्यादालाई स्वीकार गरेको छः प्रधानमन्त्री ओली

संविधानले हरेक नेपालीको मर्यादालाई स्वीकार गरेको छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले संविधानले जनताको आशालाई जगाएको उल्लेख गरेका छन् । 

उनले सात दशक लामो पर्खाइ र प्रयत्नबाट संविधानसभामार्फत निर्माण गरिएको संविधानले नेपाली जनताको आकांक्षा र आशा मात्रै होइन मान्यता र सिद्धान्तलाई समेत समेटेको उल्लेख गरेका छन् । 

प्रधानमन्त्री ओलीले संविधानले सबै नागरिकलाई बिना भेदभाव मौलिक हक र स्वतन्त्रता सुननिश्चित गरेको बताउँदै संविधानले हरेक नेपालीको मर्यादालाई स्वीकार गरेको उल्लेख गरेका छन् । 

उनले संविधान संशोधन आवश्यकताका आधारमा मात्र हुने पुनः दोहोर्‍याउँदै संविधानको मर्ममा रहेर समृद्ध नेपाल सुखी नेपालीको संकल्प पुरा गर्ने दोहोर्‍याएका छन् । 

केपी शर्मा ओली संविधान दिवस

विशेष