काठमाडौंको तीनकुनेमा आगलागी

काठमाडौं । काठमाडौंंको तीनकुनेस्थित बिजुलीको खम्बामा शुक्रबार बिहान कोटेश्वरबाट सिनामंगल जाने बाटोमा रहेको पेट्रोल पम्प नजिकै बिजुलीको तार सर्ट भएर आगलागी भएको भएको छ । विद्युत सर्ट भएर आगो लाग्दा विद्युत, टेलिफोन, इन्टरनेटका तारहरु जलेका छन् ।
गुजुल्टो बनाएर टाँगिएको तार जलेर आगो फैलिँदै थियो । स्थानीयले पानी हाली आगो फैलिनबाट रोकेको थियो। केहीबेरपछि दमकल आएर आगो निभायो । आगो फैलिएर ठूलो क्षति हुनबाट जोगियो ।
आगलागी भएको पोलनजिकै पेट्रोल पम्पसमेत भएकाले स्थानीयहरु त्रसिद भएका थिए । बिजुलीका तारसँग अन्य तार पनि अव्यवस्थित तरिकाले टाँग्दा ठूलो दुर्घटना निम्तिन सक्ने यो घटनाले देखाएको छ । आगलागीबाट तार जलेपछि त्यस आसपास विद्युत, इन्टरनेट, टेलिफोन सेवा अवरुद्ध भएको छ ।
तीनकुने