स्वास्थ्य

भक्तपुरमा डेंगुबाट २ सय जना विरामी

भक्तपुरमा डेंगुबाट २ सय जना विरामी

भक्तपुर । भक्तपुरमा पछिल्लो दुई साताको अवधिमा झण्डै २ सय जना डेंगुका विरामी भेटिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुरमा शुक्रबारसम्म १ सय ९७ बिरामीमा डेंगु रोग भएको पुष्टि भएको जानकारी दिए।

रोगको संक्रमण बढ्दै गएकाले अहिले प्रत्येक टोल, गल्ली र विद्यालय डेंगु रोगको जोखिममा रहेको उनले बताए । डेंगु नियन्त्रणका लागि जनचेतना फैलाउने कार्यलाई सबैले तीव्रता दिनुपर्ने उनको भनाइ छ ।

भक्तपुरमा गत भदौ ८ गते पहिलोपटक डेंगु सङ्क्रमितको पहिचान भएको थियो । जिल्लामा सबभन्दा बढी भक्तपुर नगरपालिका क्षेत्रमा डेंगु सङ्क्रमित बिरामी भेटिएका छन् ।

डेंगु

विशेष