मिटर ब्याजका नाईके श्याम प्रदेशी पक्राउ

काठमाडौं । सर्लाही, रौतहट र महोत्तरीका ३ सय बढीलाई कपाली तमसुक गरेर मिटर ब्याजमा ऋण प्रवाह गर्दै आएका श्याम प्रदेशी भनिने श्यामकृष्ण साहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनलाई मलंगवा–१० स्थित उनको घर छेवैबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी गोपाल भट्टराईले प्रदेशी पक्राउ परेको बताए। एकजना पीडितले दिएको ठगीको उजुरी पछि उनी पक्राउ परेका हुन्। उनले प्रदेशीमाथि विस्तृत अनुसन्धान अगाडि बढाईने र प्रमाणहरुको निम्ती उनको घरमा खानतलासी लिईने बताएका छन्।