टि–२० सिरिजः श्रीलंकाविरुद्ध न्यूजिल्याण्ड ५ विकेटले विजयी

काठमाडौं । श्रीलंका विरुद्धकोे टि–२० सिरिजको पहिलो खेलमा न्यूजिल्याण्ड ५ विकेटले विजयी भएको छ । श्रीलंकाले दिएको १७५ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको न्यूजिल्याण्डले १९.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि रस टेलरले ४८, कोलिन डी ग्राण्डहोमले ४४, डारेल मिचेलले नट आउट २५, टिम सेफर्टले १५, मार्टिन गुप्टिलले ११ र मिचेल सान्टनरले अविजित १४ रन बनाए ।
बलिङमा श्रीलंकाका कप्तान लसिथ मलिंगा, वानिन्दु हसरंगाले २–२ र अकिला धनन्जयले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनायो ।
उसका लागि कुसल मेन्डिसले ७९, निरोशन डिकवेलाले ३३, कुसल परेराले १०, अभिश्का फनान्डोले १० रन बनाए ।
यस्तै दसुन सनका १७ र इशुरु उडाना १५ रनमा नट आउट रहे । बलिङमा न्यूजिल्याण्डका कप्तान टिम साउथीले २ र मिचेल सान्टनरले एक विकेट लिए । यो जीतसँगै तीन खेलको सिरिजमा न्यूजिल्याण्डले १–० को अग्रता बनाएको छ ।
टि–२० सिरिज श्रीलंका भर्सेस न्यूजिल्याण्ड