स्वास्थ्य

धामीझाँक्रीमा २० लाख खर्च गर्ने एक नम्बर प्रदेशका मन्त्री यिनै हुन् 

धामीझाँक्रीमा २० लाख खर्च गर्ने एक नम्बर प्रदेशका मन्त्री यिनै हुन् 

काठमाडौं । प्रदेश नं १ सरकारले १४ वटै जिल्लाका गाउँघरमा परम्परागत विधिबाट उपचार गर्ने धामीझाँक्रीको अवस्था र उनीहरुले प्रयोग गरिरहेका जडीबुटीको तथ्यांक संकलन गरेको छ । गत वर्षको बजेटबाट झण्डै २० लाख खर्चेर अध्ययन गरिएको हो । 

प्रदेशभित्रका जिल्लामा जडीबुटीको उपलब्धता, आयुर्वेद चिकित्साको अवस्था र जनजातीले प्रयोग गर्ने वनस्पतिका अवस्थाको तथ्यांक पनि सरकारले संकलन गरेको छ ।

 ‘धामीझाँक्रीको अवस्था बुझ्न र उनीहरुले औषधिका रुपमा प्रयोग गर्ने जडीबुटीको पहिचान, संरक्षण र व्यावसायिक खेतीका लागि यो अध्ययन हो ।’ प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले भने । यो समाचार कान्तिपुर दैनिकमा छ ।

विशेष