यु–१८ साफ च्याम्पियनसिपः आज भुटानसँग भिड्दै नेपाल

काठमाडौं । अन्डर १८ साफ च्याम्पियनसिपमा नेपालले भुटानको सामना गर्दैछ । समूह चरणको आजको अन्तिम खेलमा नेपाल भुटानमाथि स्पष्ट जित निकालेर सेमिफाइनल पुग्ने रणनीतिमा छ ।
हलचोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आउ दिउँसो तीन बजे खेल सुरु हुनेछ । यसअघि नेपाल माल्दिभ्ससँग बराबरीमा रोकिएको थियो । भुटानसँग नेपालले बराबरी खेले पनि सेमिफाइनल पुग्ने सम्भावना रहन्छ । भुटानमाथि जित निकाले सेमिफाइनल यात्रा निश्चित हुनेछ ।
नेपालले यो संस्करणको पनि उपाधि जित्दै ह्याट्रिक बनाउने लक्ष्यमा छ । यसअघि सन् २०१५ र २०१७ मा भएको यू–१८ साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको थियो ।