मनोरञ्जन

‘काले दाई’ गीत सार्बजनिक (भिडियो)

‘काले दाई’ गीत सार्बजनिक (भिडियो)

दशैंको अवसर पारेर असोज १७ गते रिलिज गर्न लागेको फिल्म ‘काले दाई’को ट्रेलर र ‘यो दुनियाँ मेरो लागि’ बोलको गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर र गीत एक साथ सार्वजनिक गरिएको हो । फिल्ममा अन्तरजातिय प्रेम कथालाई प्रस्तुत गरिएको छ । ट्रेलर हेर्नुस् :

">

 


‘यो दुनियाँ मेरो लागि’ बोलको गीतमा नेपाल आइडलबाट उदाएका गायक सुरज थापाले स्वर दिएका छन् । इन्द्र राम्जिली, गोविन्दा श्रेष्ठको शब्द रहेको गीतमा पवनवांग लामाको संगीत रहेको छ । फिल्ममा इन्द्र राम्जिली, अनु पराजुली, शिसिर भण्डारी, सुरेन्द्र केसी, गीता अधिकारी, सारिका घिमिरे, रामचन्द्र अधिकारी, शिव हरी बैरागी, सारदा गिरी, उत्तम केसी, रमा थपलिया लगायत कलाकारको अभिनय रहेको छ । गीत हेर्नुस् :

">

 

शिव शर्माले निर्देशन गरेको फिल्ममा शम्शेर गुरुङ र इन्द्र राम्जिलीको लगानी रहेको छ । पवन गौतमले छायांकन गरेको फिल्मलाई तारा थापाले सम्पादन गरेका छन् ।

विशेष