खेल

ऋषभ पन्तले तोडे धोनीको कीर्तिमान

ऋषभ पन्तले तोडे धोनीको कीर्तिमान

काठमाडौं ।  भारतीय क्रिकेट टिमका विकेटकीपर ऋषभ पन्तले वेस्ट इण्डिज विरुद्धको दुबै टेष्टमा उत्कृष्ट प्रदर्शन गर्न नसके पनि एउटा विशेष कीर्तिमान बनाउन सफल भएका छन् । पन्तले यो रेकर्डसँगै उनका गुरु भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीको कीर्तिमान पनि भंग गरेका छन् ।

ऋषभ क्रिकेटमा भारतका तर्फबाट विकेटका पछाडि सबैभन्दा तीब्र ५० विकेटको शिकार गर्ने पहिलो विकेटकीपर बन्न सफल भएका छन् ।

यसअघि यो रेकर्ड धोनीको नाममा थियो । पन्तले ११ टेस्ट खेलमा विकेटका पछाडि आफ्नो ५० औं सिकार गरेका हुन् जबकि धोनीले टेस्ट क्रिकेटमा यो रेकर्ड १५ औं खेलमा गरेका थिए ।

वेस्ट इन्डिजविरुद्ध दोस्रो टेस्ट खेलको दोस्रो पारीमा ऋषभले ईशान्त शर्माको बलमा क्रेग ब्रेथवेटको क्याच समातेसँगै उनले यो रेकर्ड आफ्नो नाममा गरेका हुन् ।

भारतीय विकेट किपर दिनेश कार्तिकले १६ टेस्ट ५० को रेकर्ड राखेका थिए । नयन मोर्गियाको नाममा भने १९ खेलमा यो रेकर्ड छ ।

टेस्ट क्रिकेटमा सबैभन्दा छिटो ५० शिकार गर्ने मामिलामा ऋषभले अस्ट्रेलियाका पूर्व विकेटकीपर एडम गिलक्रिस्टको बराबरी गरेका छन् । गिलक्रिस्टले पनि ११ औं टेस्ट म्याच विकेटका पछाडि ५० शिकार गरेका थिए ।

वेस्ट इन्डिज भर्सेस भारत भारतीय क्रिकेट टिम महेन्द्रसिंह धोनी ऋषभ पन्त

विशेष